Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विहीबारसम्म वर्षा हुने :  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

    विहीबारसम्म वर्षा हुने :  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा


    • मंगलवार, आषाढ २ २०७७

    • नेपाल वाइड


    विहीबारसम्म वर्षा हुने :  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

                 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जानकारी दिएको हो । महाशाखाले आज (मंगलबार) देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

              महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक,दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

              ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ । लगातार वर्षाको सम्भावना रहेको हुँदा नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक,दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

             प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक,दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार