सोमवार, आषाढ १ २०७७
नेपाल वाइड
खोटाङको कांग्रेस नेतृ एबं हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला अध्यक्षमा मनोनित भएकी छन् । राजनैतिक दल, सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसीले राईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन्त्र, युवा वकालत, नेतृत्व बिकास, सामाजिक शसक्तीकरण लगायतको क्षेत्रमा योगदान पुर्याउने लक्ष्यका साथ राईलाई जिल्ला अध्यक्षको भूमीका दिइएको स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष नैनसिं महरले जारी गरेको नोमिनेसन लेटरमा उल्लेख छ ।
स्कुल अफ डेमोक्रेसीले विभिन्न जिल्लामा शाखा बिस्तार गर्नेक्रममा लकडाउनकैबीचमा खोटाङमा पनि शाखा विस्तार गरेको जनाएको छ । स्कुल अफ डेमोक्रेसीका अध्यक्षमा निर्वाचित राई कांग्रेसका महाधिबेसन प्रतिनिधि एबं नेपाल महिला संघकी जिल्ला सचिव समेत हुन् । राई पछिल्लो कांग्रेस राजनितीमा सम्भावना बोकेकी नेतृकारुपमा परिचित छन् ।