Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महिना असार : असारको कुन तिथिमा के पर्व पर्दछ ?

    महिना असार : असारको कुन तिथिमा के पर्व पर्दछ ?


    • सोमवार, आषाढ १ २०७७

    • नेपाल वाइड


    महिना असार : असारको कुन तिथिमा के पर्व पर्दछ ?

                हिन्दु पचांगका अनुसारको असार स्वास्थ्यका हिसाबले त्यती उपयुक्त महिना मानिदैन । यस महिनालाई सन्धिकालको महिना भनिन्छ । यो महिनाबाट वर्षा ऋतुको शुरुवात हुने गर्दछ । यो महिनाबाट वर्षा ऋतुको शुरुवात हुने भएकाले रोगको संक्रमण सर्वाधिक हुने गर्दछ । यस महीनाबाट वातावरण केहि परिवर्तन देखिन्छ । गर्मीका फल तयार हुने महिना पनि यहि हो । असार महिनामा सुर्यसहित भगवान बिष्णु र देवीको उपासना पनि गरिन्छ । यहि महिनामा देवशयनी एकादशी परेकाले त्यस दिन भगवान विष्णु शयनमा जाने मान्यता छ । जसका कारण यो तिथि पश्चात आउँदो ४ महिनासम्म कुनै पनि धार्मिक काम गर्न बर्जित गरिएको छ ।
    याद गर्नुहोस ।
    असारको कुन तिथिमा के पर्व पर्दछ ।

    असार १ – आषाढ र मिथुन संक्रान्ती
    असार ३ – योगिनी एकादशीव्रत, असार कृष्ण एकादशी
    असार ४ –प्रदोष व्रत
    असार ५ –दिल्लाचह्रे पूजा
    असार ६ – शिव चतुर्दशी व्रत
    असार ७ – असार कृष्ण औसीं, खण्डग्रास सुर्यग्रहण
    असार ९ –भगवान जगन्नाथको रथयात्रा, त्रिपुष्कर
    असार ११ – विनायक चतुर्थी व्रत, भूमिपूजा
    असार १२ – स्कन्ध षष्ठी, साई टेऊराम जयन्ती
    असार १३ – वैवस्वत मनु पुजन दिवस, देउपाटनमा गंगामाई रथयात्रा, सूर्यपूजा, त्रिपुष्कर
    असार १४ – मासिक दुर्गाष्टमी, अष्टमी व्रत, गोरखकाली पूजा
    असार १५ – दहिचिउरा खाने दिन
    असार १७ – हरिशयनी एकादशी, तुलसी रोप्ने,चर्तुमास व्रत सुरु
    असार १८ – प्रदोष व्रत,
    असार २० – पुर्णिमा व्रत
    असार २१ – गुरु पुर्णिमा, ब्यास जयन्ती, गुरु पूजा दक्षिणामुर्ती पूजा
    असार २६ – वितककथा प्रारम्भ
    असार २८ – रबि सप्तमी, अष्टमी व्रत
    असार २९ – गोरखकाली पूजा, भानुजयन्ती

    सम्बन्धित समाचार