Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका ज्येष्ठ नागरिकद्धारा नेपाल–भारत सिमामा फलामे तारबार लगाउन माग

    खोटाङका ज्येष्ठ नागरिकद्धारा नेपाल–भारत सिमामा फलामे तारबार लगाउन माग


    • सोमवार, आषाढ १ २०७७

    • नेपाल वाइड


    खोटाङका ज्येष्ठ नागरिकद्धारा नेपाल–भारत सिमामा फलामे तारबार लगाउन माग
    नेपाल–भारत सिमामा तारबार लगाउने मागमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र प्रदान गर्दै दुर्गाप्रसाद घिमिरे (वायाँ) । तस्बिर: नेपालवाइड 

            केही समयअघि नेपालले लिम्पीयाधुरा सहितको जमिन समेटेर नयाँ नक्सा जारी गरेको छ । नयाँ नक्सा अंकित निसाना छाप नै कार्यान्वयनमा ल्याइसक्दा पनि कालापानीमा भारतीय सेना यथावत छ । बेला–बेलामा छिमेकी देश भारतबाट हुने सिमा अतिक्रमण र हेपाहा प्रवृत्तिबाट नेपालीजन आजित छन् । यसै सन्दर्भमा भारतीय अतिक्रमण रोक्नका लागि खोटाङका नागरिकले नेपाल–भारत सिमामा फलामे तारबार लगाउन माग गरेका छन् ।

              सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै ज्येष्ठ नागरिक संघ नेतृत्वको टोलीले नेपालीभूमीलाई भारतीय अतिक्रमणबाट रोक्न भारतसँग जोडिएका सबै सिमामा एक ईन्च जमिन नछाडी फलामे तारबार लगाउनका लागि पहल गर्न आग्रह गरेका हुन् । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत पठाइएको ज्ञापन–पत्रमा नेपाल–भारत सिमामा फलामे तारबार लगाउनेक्रममा खोटाङको भागमा पर्ने आर्थिक तथा भौतिक योगदान गर्न जिल्लाबासी तयार रहेको उल्लेख छ ।

          नेपाल–भारत सिमामा फलामे तारबार लगाउनेक्रममा करिब ४ करोड खर्च लाग्ने अनुमान गरिएकोमा खोटाङको भागमा पर्ने रकम उपलव्ध गराउन तथा तारबार लगाउनेक्रममा खोटाङको भागमा पर्ने क्षेत्रमा गएर तारबार लगाउन पनि तयार रहेको सन्देश सरकारलाई पठाइएको ज्येष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । ‘सिमा सुरक्षा गर्ने हो भने फलामे तारबार लगाउन अनिवार्य छ,’ घिमिरेले भने, ‘मिचिएको भूमीको रक्षार्थ राज्य लागेको यो बेलामा हामी नेपाली नागरिकले साथ र सहयोग दिनु दायित्व हो ।’
         

           भारतीय सेना राखिएको कालापानी, लिपुलेक, लिम्पीयाधुरा नेपालकै भू–भाग भएको विभिन्न प्रमाण हुँदाहुँदै पनि भारतले नेपालमाथि हेपाहा र मिचाहा व्यवहार गरेको ज्ञापन–पत्रमा भनिएको छ । सन् १८१६ मा नेपाल भारतबीचको सुगौलीसन्धी विपरित छिमेकी देशबाट सिमाका पिल्लर पटक–पटक सार्ने, फ्याँकिदिने, नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, बाटोमा बाँध निर्माण गर्ने, नेपालको जमिनमा खेती गर्न नदिने, खाने, कुटपिट र लुटपाट गर्ने, घर टहरा भत्काइदिने व्यवहार भइरहेकोप्रति ध्यानाकर्षण भएको संघले जनाएको छ । ‘हाम्रो भू–भाग एक ईन्च पनि नछाडी स्थायी रुपमा कायम राख्न फलामे तारबार गर्न खोटाङ जिल्लाले बेहोर्नुपर्ने आर्थिक र भौतिक सहयोग गर्न तयार छौँ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘प्रमाण र न्यायको खोज गरी हाम्रो भूमीको सुरक्षातर्फ पहल गरी सधैंको लागि ढुक्क हुने वातावरण बनाउन सरकार समक्ष अनुरोध गर्दछौँ ।’

    सम्बन्धित समाचार