Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फ्रान्समा कोरोनाभाइरस सक्रमणका कारण गरिएको कैयौ प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउने घोषणा

    फ्रान्समा कोरोनाभाइरस सक्रमणका कारण गरिएको कैयौ प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउने घोषणा


    • सोमवार, आषाढ १ २०७७

    • नेपाल वाइड


    फ्रान्समा कोरोनाभाइरस सक्रमणका कारण गरिएको कैयौ प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउने घोषणा

                       फ्रान्समा कोरोनाभाइरस सक्रमणका कारण गरिएको कैयौ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने घोषणा गरेका हुन । सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन् । अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ । कोभिड–१९ सक्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ ।

                    टेलिभिजनमार्फत सम्बोधन गर्दै माक्रोँले फ्रान्सले ‘पहिलो जित’ हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिदै सतर्क रहन आग्रह गरेका छन । माक्रोँले संक्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि सोही घोषणा लागु हुने बताएका छन । त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू समेत खुल्ने बताइएको छ ।

                    तर राष्ट्रपति माक्रोँले भने, ‘यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौँ । सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ’ तर उनले ‘भाइरस फैलाउने मुख्य स्थान भन्दै’ ठूला सभाहरूको आयोजनामा भने ‘कडा रूपमा नियन्त्रण’ गरिनुपर्ने बताएका छन ।

    सम्बन्धित समाचार