आइतवार, जेठ ३२ २०७७
नेपाल वाइड
नेपालमा कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । आइतबार थप १ जनाका मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुल्मी धुर्कोट–४ जैसीथोकका एक २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ । यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका–११ बस्ने ६८ पुरुष, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक र अर्का वेवारिसे भेटिएका एक पुरुष गरी १८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै नेपालमा आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ जना पुरुष, सुनसरीका एकजना पुरुष र झापाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।