Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आफ्ना पितृको सम्झनामा २५ लाख मुल्य बराबरको जग्गादान

    आफ्ना पितृको सम्झनामा २५ लाख मुल्य बराबरको जग्गादान


    • आइतवार, जेठ ३२ २०७७

    • नेपाल वाइड


    आफ्ना पितृको सम्झनामा २५ लाख मुल्य बराबरको जग्गादान

                खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक दम्पतिले हलेसी महिला कृषि सहकारी संस्थाका लागि निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । सहकारी संस्थाको भवन निर्माणका लागि जगत बहादुर बस्नेत र बिन्दामाया बस्नेतले ५ आना निःशुल्क जग्गा उपलव्ध गराउनुभएको हो ।

                दम्पत्ति बस्नेतले आफ्ना पितृको सम्झनामा २५ लाख मुल्य बराबरको जग्गादान गरेको छोरा दिपेन्द्र बस्नेतले जानकारी दिनुभयो । नगर प्रमुख इवन राई र उप–प्रमुख विमला राईको उपस्थितिमा उपलव्ध गराएको जग्गा तत्कालै जिल्ला मालपोत कार्यालयमा गएर जग्गा पास गरिदिने तयारी गरिएको बस्नेतको भनाई छ । महिलाहरुलाई आत्मानिर्भर बनाउन भूमिका खेल्दै सहकारी संस्थाले प्राप्त जग्गा बहुउपयोगि बनाउने योजना बनाएको संम्बद्ध महिलाहरुले बताएका छन ।

    सम्बन्धित समाचार