Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्छ : नेता यादव

    महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्छ : नेता यादव


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्छ : नेता यादव

         जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपाल भारतको सीमा समस्या समाधानका लागि वार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने बताएका छन् । संसदमा शुरु भएको संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रममा सुगौली सन्धी अपमानजनक रहेको भन्दै काली नदि सीमा मानिएको र काली नदि भनेको महाकाली नदि नै भएको उल्लेख गरेको भन्दै पश्चिमतर्फ आफ्नो दाबी छाड्ने विषय उल्लेख रहेको बताउनुभयाे ।

        उनले महाकाली सन्धी गर्दा अहिलेका प्रधानमन्त्री समेत संलग्न रहेको भन्दै महाकाली नदिको सम्झौता गर्दा प्रस्तावनामै सुगौली सन्धीभन्दा पनि पछाडि धकेलेको उनले बताए । महाकाली सन्धीले महाकाली नदी साझा नदी भएको उल्लेख गरिएको भन्दै त्यसमा संलग्न सबैले माफी माग्नुपर्ने बताउनुभयाे । उनले भने,‘मधेशीलाई धोती भनेर अपहेतिल गरिएको तर महाकाली सन्धी गर्दा सुगौली सन्धीभन्दा पनि बछि फर्किएकाले माफी माग्नुपर्छ ।’ नेता यादवले प्रश्न गरे, ‘महाकाली सन्धी गर्दा नदीको मुहान किन टुंगो नलगाएको छ ।

     

    नेपालको नक्सामा रहेको चुच्चो कसको पालामा किन गायव भयो । संसदलाई जानकारी चाहियो । नक्साको प्रमाण खोज्न सरकारले हिजोमात्रै कमिटि गठन गरेर उल्टो बाटो हिडेर कहाँ पुगिन्छ ?’ पहिलो राष्ट्रिय एकता यहाँ खोज्नुपर्छ । संक्रिणतावादी भावना त्याग्नुस । विगत ६० वर्षदेखि कालापानी क्षेत्रमा सैनिक व्यारेक राखिएको छ । चीन र भारतबीचमा समेत लिपुलेकका विषयमा समझदारी भएको छ । त्यसबेलादेखि बनेका सरकारले किन ध्यान दिएनन् ।

    सम्बन्धित समाचार