शनिवार, जेठ ३१ २०७७
नेपाल वाइड
अफगानिस्तानमा हिंसा जारी तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा गरिएको छ । तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् ।
अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले चार महिनाअघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्तिका लागि अमेरिकासँग वार्ता गर्नेसम्बन्धी सम्झौता गरेको थियो । सो सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने भएका हुन् ।
सोही बमोजिम आगामी केही समयमा दोहामा शान्ति वार्ताको तयारी भएको हो । अफगान राष्ट्रपति असरफ घानी पनि कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको बताइएको छ । तालिबान संगठनको यो पहिलो सर्तका लागि सरकार पनि तयार भएको छ ।
श्रोत : एएनआई