शनिवार, जेठ ३१ २०७७
नेपाल वाइड
सरकारले नेपालीलाई स्वदेश फर्काउँदा चार्टर्ड उडानको अधिकतम भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा हेरफेर गरेको हो । सरकारले भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भएको थियो । विदेशमा बेखर्ची भएका नागरिकलाई अत्यधिक भाडाको बोझ बोकाउन लागिएको भन्दै सर्वत्र आलोचना भएको थियो । यही आलोचनाका बीच ओमनस्थित नेपाली दुतावासले सरकारले तोकेको भाडा खारेज गरिदिएर सस्तो भाडा समेत निर्धारण गरेको थियो । नेपाली नियोगले नै भाडा खारेज गरिदिएपछि भाडा हेरफेरका लागि सरकारमाथि दबाब परेको थियो । विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरू बाहुल्य भएको गन्तव्यमा सरकारले भाडा घटाएको छ ।