Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आज मगंल चौथी, भगवान् गणेशको विशेष पूजाआजा गरिदै

    आज मगंल चौथी, भगवान् गणेशको विशेष पूजाआजा गरिदै


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    आज मगंल चौथी, भगवान् गणेशको विशेष पूजाआजा गरिदै

    आज मंगल चौथी अर्थात भगवान् श्री गणेशको विशेष पूजा आराधना गर्ने दिन ।

                 आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरि ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ। हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्ने गर्दछन् । 

                   भगवान् श्री गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मंगलबारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ । भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक विश्वास छ।

    सम्बन्धित समाचार