शुक्रवार, जेठ ३० २०७७
नेपाल वाइड
एक वर्ष पछि धकेलिएको जापान ओलम्पिक–२०२१ सहज बनाउनका लागि आयोजकले छलफल गरेको बताएको छ । कोरोना महामारीका कारण २०२० को अन्तिमतिर तय भएको जापान ओलम्पक एक वर्ष धकेलिएसँगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सहज रूपमा आयोजना गर्नका लागि विभिन्न सरेकारवालासँग आयोजकले छलफल गरेको बताएका हुन् । सहज बनाउनका लागि अध्यक्ष बाचले २ सयभन्दा बढी प्रतिवेदन अध्ययन गरिने बताईएको छ ।
यसअघि २०२० ओलम्पिक जुलाई २४ बाट आयोजना गर्ने तयारी भइरहेको थियो । तर मार्च महिनामा महामारी फैलिएसँगै तय भएको मितिमा प्रतियोगिता आयोजना हुन नसकेको हो । त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतियोगिता ठीक एक वर्ष पछि धकेलेको हो । नयाँ तालिका अनुसार ओलम्पिक जुलाई २३ २०२१ बाट जापानमा नै हुनेछ । यस्तै टोकियो आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले
एक वर्ष पछि धकेलिएको ओलम्पिक खेल सफल रूपमा आयोजना गर्दै महामारीलाई जित्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस अझै नियन्त्रणमा नआएको भन्दै विभिन्न संस्थाले एक वर्ष पछि धकेलिएको ओलम्पिक आयोजना हुन नसक्ने बताउँदै आएका छन् ।