शुक्रवार, जेठ ३० २०७७
नेपाल वाइड
विश्व हिन्दु महासंघको युवा विभागको जिम्मवारी ऋषिकेशजंग शाहलाई दिईएको छ । शाह नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वउपाध्यक्ष हुन ।
महासंघले विद्यार्थी नेता शाहलाई कार्यकारिणी सदस्यमा मनोनित गरेर युवा विभाग प्रमुखको जिम्मेवारी दिएको हो । विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले शाहलाई संस्थाको विधानको परिच्छेद ८ दफा २२ को उपदफा १ र २ तथा दफा २० को उपदफा घ बमोजिम कार्यकारणी समितिको सदस्य र युवा विभाग प्रमुख पदमा मनोनयन गरिएको जनाएका छन् ।