Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खडेरी र फौजी किरा पिडितलाई राहतको व्यवस्था गर्न प्रदेशसभा सांसद उषाकला राईको आग्रह

    खडेरी र फौजी किरा पिडितलाई राहतको व्यवस्था गर्न प्रदेशसभा सांसद उषाकला राईको आग्रह


    • बिहिवार, जेठ २९ २०७७

    • नेपाल वाइड


                    प्रदेशसभा सांसद उषाकला राईले खोटाङका खडेरी र फौजी किरा पिडित नागरिकलाई विशेष राहतको व्यवस्था गर्न सरकार समक्ष आग्रह गरेकी छन् । १ नम्बर प्रदेशको आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा बुधबार शुन्य समयमा बोल्दै खोटाङकी प्रदेशसभा सांसद राईले खडेरी र फौजी किराको प्रकोपका कारण अन्नवाली उत्पादन नहुँदा भोकमरीको चपेटामा परेका नागरिकका लागि विशेष राहतको कार्यक्रम ल्याउनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
                   सांसद राईले जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका लगायतका स्थानीय तहका नदी किनार क्षेत्रका गरिब जनता खडेरी र फौजी किराको मारमा परेको उल्लेख गरिन् । ‘एकातिर खडेरी, अर्कोतिर फौजी किराको अतिक्रमण, त्यसमाथि कोरोना भाइरसको संक्रमण । यी तीन चिजले खोटाङलाई आक्रान्त पारेको छ,’ सांसद राईले भनिन्, ‘गरिब जनता काम र माम नपाएर अत्यान्त पीडाग्रस्त हुनुहुन्छ । समस्याग्रस्त श्रमिक र गरीब, सुक्खाग्रस्त क्षेत्रका खडेरी पिडितलाई विशेष राहत कार्यक्रमको व्यवस्था गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’
                   प्रदेशसभा सांसद राईले जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुशारको डाक्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थाका लागि सरकार समक्ष आग्रह गरेकी छन् । उनले विकास निर्माणको चटारो लागेकोबेला सिमेन्टको मूल्या बढेको भन्दै मूल्या नियन्त्रणका लागि चासो दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    सम्बन्धित समाचार