बुधवार, जेठ २८ २०७७
नेपाल वाइड
नेपालमा विगत २४ घण्टामा अवधिमा थप २ सय ७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका संक्रमितको संख्या कुल ४ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये ६ सय ७४ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
संक्रमित मध्ये प्रदेश नं–२ का जिल्लामा सर्वाधिक सख्यामा कोभिड–१९ पुष्टि भएको जनाईएको छ । विगत २४ घण्टाकै अवधिमा कोभिड–१९ बाट ९० जना निको भएका छन । उनीहरु अस्पतालबाट डिस्र्चाज भएको मन्त्रालयले जनाएको छ । मङ्गलवार ३ सय २३ जनामा संक्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
गत जेठ २२ मा सर्वाधिक ३ सय ३४ संक्रमित फेला परेको थिए । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ४ सय १४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै कोरोनाभाइरस संक्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सख्या १ लाख १० हजार ७ सय ४४ पुगेको डा. गौतमले जानकारी दिनुभयो । अहिले देशभरि १ लाख ७२ हजार जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।