Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कुटपिटका कारण खोटाङमा एक युवाको मृत्यु कुटपिटका कारणबाट खोटाङमा एक युवाको मृत्यु

    कुटपिटका कारण खोटाङमा एक युवाको मृत्यु कुटपिटका कारणबाट खोटाङमा एक युवाको मृत्यु


    • मंगलवार, जेठ २७ २०७७

    • नेपाल वाइड


    कुटपिटका कारण खोटाङमा एक युवाको मृत्यु कुटपिटका कारणबाट खोटाङमा एक युवाको मृत्यु

    कुटपिटका कारणबाट खोटाङमा एक युवाको मृत्यु भएको छ । झगडाकाक्रममा कुटपिट हुँदा घाईते भएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो । सोमबार साँझ कुटिएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । झगडामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कुटपिटपछि घाईते भएका राईलाई घट्नामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर राखिएकामा बिहान मृत्यु भएको स्थानीयले बताएका छन् । युवाबीचमा तीनडाँडास्थित एक स्थानीयको घरमा झगडा भएको थियो । उनीहरुबीचमा भएको झगडाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यद्यपी योजनाको विषयमा झगडा भएको सुनिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्यकेन्द्र चिसापानीमा लगिएको छ ।

    सम्बन्धित समाचार