Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नेपालमा कोरोनाभाइरस सक्रमणका कारण १४ जनाको मृत्यु

    नेपालमा एकैदिनमा थपिए ३१४ जना नयाँ संक्रमित÷संक्रमित हुनेको कुल सख्या ३ हजार ७ सय ६२ पुग्यो

    नेपालमा एकैदिनमा थपिए ३१४ जना नयाँ संक्रमित÷संक्रमित हुनेको कुल सख्या ३ हजार ७ सय ६२ पुग्यो


    • सोमवार, जेठ २६ २०७७

    • नेपाल वाइड


    नेपालमा एकैदिनमा थपिए ३१४ जना नयाँ संक्रमित÷संक्रमित हुनेको कुल सख्या ३ हजार ७ सय ६२ पुग्यो

    नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन । स्याङ्जा जिल्लामा थप एकको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण मृत्यु हुनेको कुल सख्या १४ पुगेको छ । त्यसैगरी नेपालमा सोमवारसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको कुल सख्या ३ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित फेसबुक लाइभ मार्फत् पुष्टि गरेका हुन । संक्रमण देशका ७६ मध्ये ७१ जिल्लामा फैलिइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ । सोमवार पीसीआरबाट ४ हजार ७ सय ६६ को परीक्षण गरिएको र आरडीटीबाट ११ हजार ९ सय ४२ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म नेपालमा कोरोनाभाइरस सक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । त्यसैगरी हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट ४ सय ८८ जना निको भएको बताइएको छ ।
    हिजो आइतवार २१३ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी अस्ति शनिवार ३२३ जनामा सङ्क्रमण पाइएको थियो । मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ३३४ जनामा र शुक्रवार २७८ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ७ जना महिला र १ सय ६७ जना पुरुषगरी कुल १ सय ७४ जना ब्यक्तिहरुमा कोरोना सङ्क्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको वीरगञ्जस्थित हाम्री संवाददाता माधुरी महतोले जनाएकी छन । तथ्याङ्क अनुसार अनुसार सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना ब्यक्तिहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । चितवनबाट हाम्रा संवाददाता इश्वर जोशीले जनाए अनुसार निजी अस्पतालमा काम गर्ने दुई चिकित्सक सहित २३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको विविसिले उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार