Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुनको भाउ प्रति तोलाको ८७ हजार ४ सय कायम

    सुनको भाउ प्रति तोलाको ८७ हजार ४ सय कायम


    • सोमवार, जेठ २६ २०७७

    • नेपाल वाइड


    सुनको भाउ प्रति तोलाको ८७ हजार ४ सय कायम

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दर भाउ पुनः तोकेको छ । लकडाउनपछि कारोबार नहुँदा दर भाउ तोक्न छोडेको महासंघले आइतबारदेखि पुनः दरभाउ तोकेको हो । महासंघले विस्तारै लकडाउन खुलुलो बनाउनेतर्फ उन्मुख भएको, केही समयसम्म पसल व्यापार व्यवसाय सञ्चालन हुनेक्रम सुरु भएकाले सुनचाँदीको दर भाउ पनि पुनः सुचारु गरिएको जनाएको छ । महासंघले आइतबारका लागि सुनको भाउ प्रति १० ग्राम ७४ हजार ९ सय ३० अर्थात् तोलाको ८७ हजार ४ सय कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार भाउ अनुसार मूल्य कायम गरिएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलाको ९ सय २५ रुपैयाँ तोकेको महासंघले जनाएको छ । यसअघि नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदीको बजार भाउ तोक्न सुरु गरेको थियो ।

     

    सम्बन्धित समाचार