Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    चौरजहारी घटना ः

    हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु

    हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु


    • आइतवार, जेठ २५ २०७७

    • नेपाल वाइड


    हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु

    जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा संघर्षका कार्यक्रम थालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित समिति बनाएर संघर्षका कार्यक्रम थालिएको हो । जिल्लामा पुत्ला दहनसहित जुलुस निकाल्ने, दलितद्धारा निर्मित हतियार प्रदर्शन सहित मार्च पास गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक दिपक ठटालले बताउनुभयो । संघर्ष समितिको निर्देशनमा आईतबार संयुक्त दलित संघर्ष समितिले जिल्लाका स्थानीय सरकार प्रमुखमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । मृतक परिवारको न्यायका लागि जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जन्तेढुंगा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा सम्वन्धित स्थानीय तहमा गठित संयुक्त दलित संघर्ष समितिमार्फत एकैसाथ ज्ञापन–पत्र बुझाइएको संघर्ष समितिका संयोजक ठटालले बताए । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संघर्ष समितिको भनाई छ । संयुक्त दलित संघर्ष समितिको ज्ञापन–पत्रमा जनसंख्याको आधारमा राज्यको सम्पूर्ण तहमा पूर्णसमानुपातिक प्रणालीको व्यवस्था गर्न, संविधान कार्यान्वयनका लागि दलितमैत्री कानून र ऐन ल्याउन, जातीय विभेद अन्त्याका लागि गुरुयोजना तयार गरी लागू गर्न र सोही अनुशार बजेटको व्यवस्था गर्न, दलित आयोगलाई शसक्त बनाउन लगायतका माग गरिएको छ । यस्तै, स्थानीय सरकार समक्ष जनसंख्याको आधारमा बजेटको व्यवस्था गर्न, एक वडा एक दलित प्राविधिक उत्पादन गर्न, दलित समुदायको परम्परागत सीपको विकास गर्न बजेट व्यवस्था गर्न लगायतका माग राखिएको संघर्ष समितिले जनाएको छ ।

    सम्बन्धित समाचार