Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर

    खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर


    • आइतवार, जेठ २५ २०७७

    • नेपाल वाइड


    खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर

    छिमेकीको खुकुरी प्रहारबाट खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको छ । उनकी ६२ वर्षीय श्रीमती साममायाँ राई गम्भीर घाईते भएकी छन् । आईतबार स्थानीय ३६ वर्षीय छिमेकी शिबराज राईको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका डिल्लीराजको हेलीकोप्टरमार्फत उपचारका लागि काठ्माण्डौं पठाउने तयारी गर्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो । साममायाँलाई भने कैलास एयरको हेलीकोप्टरबाट काठ्माण्डौं पु¥याइएको प्रहरीले जनाएको छ । अभियुक्तले दम्पत्तीमाथि खुकुरी प्रहार गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । काठ्माण्डौं बसिरहेका अभियुक्त लकडाउन अगाडि मात्र गाउँ आएको वडाध्यक्ष बलीराज राईले बताउनुभयो । यस्तै, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका मणिकुमार राई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सुसाईड नोटसहित राई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार