शनिवार, जेठ २४ २०७७
नेपाल वाइड
विश्व चर्चित बक्सर खेलाडी मोहम्मद अलीले रङगभेदका कारण ओलम्पिकको गोल्ड मेडललाई नदीमा फालिदिएका थिए । देशमा बढेको रंगभेदबाट हार्न पुगेका अलीले गोल्ड मेडल अमेरीकाको ओहियो नदीमा फालेका थिए । ओलम्पिक गोल्ड मेडल १९६० को रोम ओलम्पिकमा जितेका थिए । बक्सर खेलाडी अलीले आफ्नो करियरमा ६१ अन्तर्राष्ट्रिय ‘फाइट’ खेलेका थिए । उनमा त्यो आक्रोश रंगभेदकै थियो । जुन अमेरिकामा अहिले पुनः सुरु भएको छ । त्यसपछि उनले आफ्नो नामै फेरे । उनको वास्तविक नाम क्यासियस मार्सेलस क्ले जुनियर थियो । उनी यस रंगभेदबाट यति आजित थिए कि उनले आफ्नो पहिचानै परिवर्तन गर्न पुगे । उनले नाम, धर्म र जन्मदेखि उनीसँगै भएकाहरुलाई पनि छाडिदिए । मुस्लिम धर्म अपनाएर उनले आफ्नो नाम मोहम्मद अली राखे । रोम ओलम्पिकमा १८ वर्षको उमेरमा उनले तहल्का मच्चाएका थिए । विपक्षी खेलाडीले उनीविरुद्ध एक अंकसमेत जोड्न सकेनन् । बक्सर अलीले हरेक फाइट ५–० को अन्तरमा जित्दै गोल्ड मेडल हासिल गरेका थिए । देशका लागि यत्रो ठूलो सम्मान जित्दा आफूलाई सबैले माया गर्ने, सम्मान दिने उनले सोचेका थिए । तर, उनी कालो वर्ण भएकै कारण त्यसो हुन सकेन र रिङमा नहार्ने अली वास्तविक जीवनमा भने हार्न पुगे । गोरा अमेरिकनका नजरमा अलीको रंगकै कारण ओलम्पिकको स्वर्ण पदकको सुनौलो रंग देखिएन । उनी अमेरिको एक ठूलो रेस्टुरेन्टमा जान चाहन्थे । जहाँ गोरा जातिकालाई मात्र जान अनुमति थियो ।
एजेन्सीको सहयोगमा