Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने भन्दै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता

    सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने भन्दै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता


    • शनिवार, जेठ २४ २०७७

    • नेपाल वाइड


    सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने भन्दै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता

    सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने भन्दै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने भन्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सम्पति कमाउन सीमा लगाउनुपर्ने, नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने र राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने प्रस्तावसहितको संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् । यो संविधान संशोधनका लागि परेको पाँचौं प्रस्ताव हो । यसअघि सरकारले नेपाको निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक दर्ता गराएको थियो । त्यसैगरी जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले पनि मधेसी जनताका अधिकारका कुराहरु सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधन विधेयक दर्ता गराएका थिए । बिहीबार राष्ट्रिय जनमोर्चा नेपालले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

    सम्बन्धित समाचार