Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध पुर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले फिफामा निवेदन

    एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध पुर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले फिफामा निवेदन


    • शुक्रवार, जेठ २३ २०७७

    • नेपाल वाइड


    एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध पुर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले फिफामा निवेदन

    अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध पुर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले फिफामा निवेदन दिएका छन । मधेसका बालबालिकाबारे दिएको अभिव्यक्तिका विषयमा एन्फाकै पूर्वअध्यक्ष श्रेष्ठले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा निवेदन दिएका हुन । अध्यक्ष शेर्पाले दिएको विवादास्पद अभिव्यक्ति बारे निकास निकाल्न भन्दै श्रेष्ठले सोमबार यसबारे फिफालाई पत्र लेखेको र एएफसीलाई पनि जानकारी गराएको उनले बताए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही समयअघि एक अनलाइनलाई दिएको अन्तर्वार्तामा तराईमा राष्ट्रियताको भावना कम हुने आशयको विवादास्पद अभिव्यक्ति दिएका थिए । यही विषयलाई लिएर जेठ १४ गते संसदमा विमल श्रीवास्तवले शेर्पाले समाजमा विभेदको विजारोपण गर्न खोजेको भन्दै कारवाहीको माग गरेका थिए । एकदिन अघि बुधबार अध्यक्ष शेर्पाले आफूले गलत मनसायले त्यो अभिव्यक्ति नदिएको भन्दै माफीसमेत मागिसकेका छन् ।

    सम्बन्धित समाचार