Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जनस्वास्थ्य संकटकाल लगाउने बारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    जनस्वास्थ्य संकटकाल लगाउने बारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै


    • बिहिवार, जेठ २२ २०७७

    • नेपाल वाइड


    जनस्वास्थ्य संकटकाल लगाउने बारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    जनस्वास्थ्य संकटकाल लगाउने बारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवातारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको अवस्थालाई मध्येनजर गर्दै जनस्वास्थ्य संकटकाल घोषणा गर्ने वा नगर्ने बिषयमा केन्द्रीत भई मन्त्रिपरिषद बैठक बस्न लागेको हो । सरकारले जनस्वास्थ्य संकटल लगाउने नीतिगत रणनीति यसअघि नै बनाइसकेको छ । मंगलबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको जनाउँदै जनस्वास्थ्य संकटकाल लगाउने निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ । आजको बैठकमा प्रधानमन्त्रीले विज्ञसँग बुधबार गरेको छलफलबारेमा जानकारी गराउने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । जनस्वास्थ्य संकटकालीन अवस्थालाई कसरी व्यवस्थापन गर्ने र लकडाउनको स्वरुप फेर्नेबारेमा विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित समाचार