बिहिवार, जेठ २२ २०७७
नेपाल वाइड
प्रेमीका भेट्न गएका जाजरकोटका नवराज बिक सहित ६ जनाको हत्या गरिएको बिरोधमा बिरोध खोटाङका दलित संघसंगठनले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । आफ्नो प्रेमीका लिन पश्चिम रुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्या गरिएको बिरोधमा बुधबार खोटाङ दलित बिकास मञ्च लगायतको अगुवाईमा विभिन्न दलित संघसंगठन, जातीय मोर्चा एबं अभियानकर्मी लागायतले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका हुन् । हत्या गरिएका युवाको सम्झना एबं हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै दलित संघसंगठन एबं जातीय मोर्चाका प्रमुख तथा प्रतिनिधिले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवशरमा मुखमा कालो पट्टी बाँधेर कालो व्यानर सहित प्रशासन अगाडि धर्ना दिएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसलाई उत्सवकारुपमा भन्दा पनि जातीय छुवाछुत अन्त्या गर्न र नवराजसहितका युवाको हत्यारालाई कानूनी कठघरामा उभ्याउनका लागि दवावमुलक कार्यक्रमकारुपमा मनाइएको खोटाङ दलित बिकास मञ्चका अध्यक्ष मिलन चाहारले बताउनुभयो । प्रशासनमा धर्ना दिनु अगाडि दलित संघसंगठन, जातीय मोर्चा एबं अधिकारकर्मी लगायतको समुहले लकडाउनकैबीच दिक्तेलबजारको त्रिबेणीचोकबाट पुरानो बेसक्याम्प हुँदै प्रशासनसम्म बिरोध ¥याली निकालेका थिए । जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएपछि पुःन निकालिएको ¥याली त्रिबेणीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जातीय मोर्चाकातर्फबाट रश्मी रसाईली, संघसंस्थाकातर्फबाट दिपक ठटाल, दलित प्रतिनिधिकातर्फबाट रमेश परियार र अभियानकर्मीकातर्फबाट धनीराम राईले रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानूनी कठघरामा ल्याउन र कारवाही गर्न जोडदार माग गरेका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी एक युवतीसँग अन्तरजातीय प्रेम सम्वन्ध रहेको र विवाहका लागि लिन जानेक्रममा चौरजहारी नगरपालिका–८ का वडाअध्यक्षको अगुवाईमा नवराज र उनका साथीहरुमाथि ज्यानै लिनेगरी आक्रमण गरिएको थियो । नवराज सहित ६ जनाको हत्याको बिरोधमा दलित संघसंगठनले लकडाउनकैबीमा जेठ १६ गते पनि दिक्तेलमा बिरोध ¥याली प्रदर्शन गरेका थिए ।