मंगलवार, जेठ २० २०७७
नेपाल वाइड
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपी ७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने बारे कुनै जानकारी दिइएको छैन । ईजरायलको प्रधानमन्त्री कार्यालयबाट विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिईएको हो । यस थप अनुसन्धान भईरहेको विज्ञप्तीमा जनाईएको छ । त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई आवश्यक दिशानिर्देशन गर्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि दुई पटक प्रधानमन्त्री नेतन्याहुले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा उनका सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जनाको मृत्यु भएको छ ।