Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    १ हजार ८ सय ११ संक्रमित

    नेपालको ५९ जिल्लामा फैलियो कोरोना भाइरसको संक्रमण÷सोमवार थप २ सय ३९ जनामा कोरोना भाइरस सक्रमण पुष्टि

    नेपालको ५९ जिल्लामा फैलियो कोरोना भाइरसको संक्रमण÷सोमवार थप २ सय ३९ जनामा कोरोना भाइरस सक्रमण पुष्टि


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    नेपालको ५९ जिल्लामा फैलियो कोरोना भाइरसको संक्रमण÷सोमवार थप २ सय ३९ जनामा कोरोना भाइरस सक्रमण पुष्टि

    नेपालमा सोमवार थप २ सय ३९ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित सख्या १ हजार ८ सय ११ पुगेको छ । नयाँ सक्रमित मध्ये १४ जना महिला र २२५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । सक्रमित मध्ये आठ जनाको मृत्यु भइसकेको छ । लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैठौँ दिन हो । गएको छ दिनमा मात्रै १,०३९ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको हो । सोमवार सबैभन्दा बढी दैलेखमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै कपिलवस्तुमा ४७ र सर्लाहीमा ३८ जनामा सक्रमण पुष्टि भएको छ । अन्य पुष्टि भएका सक्रमणहरू जुम्लामा १९, रौतहटमा १८, सल्यानमा १०, बाँके, धनुषा र दाङमा ७÷७, सिरहा र सुर्खेतमा ५÷५, नवलपरासी पूर्वका ३, झापा र महोत्तरीका २÷२ एवम् अछाम, बैतडी, डोटी, उदयपुर, मकवानपुर र कञ्चनपुरमा १÷१ रहेको डा. देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार बैतडीमा सक्र्रमण पुष्टि भएपछि सक्रमित हुने जिल्ला सख्या ५९ पुगेको छ । गएको २४ घण्टामा २,३१० जनाको पीसीआर परीक्षण गरिएको र २,६४८ जनामा आरडीटी परीक्षण गरिएको डा. देवकोटाले बताएका छन् । कुल सक्रमित मध्ये १,५६९ जना उपचारको क्रममा आइसोलेशनमा रहेको बताइएको छ ।

     

    सम्बन्धित समाचार