Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घर आसपासमा बृक्षारोपण गर्न उपभोक्ता महासंघ खोटाङको आग्रह

    घर आसपासमा बृक्षारोपण गर्न उपभोक्ता महासंघ खोटाङको आग्रह


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    घर आसपासमा बृक्षारोपण गर्न उपभोक्ता महासंघ खोटाङको आग्रह

    सामुदायीक वन उपभोक्ता महासंघ खोटाङले महासंघको २५ औं स्थापना दिवसको अवशरमा घर वरपर बृक्षारोपण गर्न अपिल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण खुला कार्यक्रम गर्ने अवस्था नभएकाले महासंघले घर वरपर एकदेखि पाँच बोट फलफुल तथा डाले घाँस रोपेर महासंघको स्थापना दिवस मनाउन अपिल गरेको हो । सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईले विज्ञाप्ती जारी गर्दै शनिबार साँझ घर–घरमा दिप प्रज्वलन गर्ने र भोलीपल्ट बृक्षारोपणका लागि अपिल गरेका छन् ।
    भेला भएर खुला कार्यक्रम गर्ने अवस्था नभएकाले शनिबार बेलुका महासंघका पदाधिकारी र सदस्य, सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्य, सामुदायीक वनका उपभोक्ता तथा सरोकारवाला निकायले घर घरमा दिप प्रज्वलन गर्ने महासंघले जनाएको छ । हाल कोरोना भाइरसबाट बच्नु नै पहिलो प्राथमिकताको विषय भएकाले लकडाउनलाई पूर्ण पालना गरी आफु, परिवार, समाज र राष्ट्रलाई बचाउने जिम्मेवारी पुरा गर्न आग्रह गरिएको अध्यक्ष राईले बताउनुभयाे ।

    सम्बन्धित समाचार