Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदिपको लकडाउनले गर्दा दुवैमै दाहसंस्कार

    खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदिपको लकडाउनले गर्दा दुवैमै दाहसंस्कार


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको यूएईमै दाहसंस्कार गरिएको छ । भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमै दाहसंस्कार गरिएको हो । परिवारले जसरी पनि शव घरसम्म ल्याउने वाताबरणका लागि हारगुहार मागे पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा तामाङको शव स्वदेश फर्काउन नसकिएपछि उतै दाहसंस्कार गरिएको हो ।
    कम्पनीमा आवद्ध हुनु अगावै ज्यान गुमाएका तामाङको शव लामो समयसम्म रसिदिया अस्पताल दुबईमा राखिएको थियो । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । सुदीप परिवारका एक्लो छोरा हुन् । ‘लकडाउन’ सुरु भएपछि मात्र तामाङको मृत्यु भएको जानकारी प्राप्त भएकाले कोसिस गर्दा पनि शव नेपाल पठाउन नसकिएको खोटाङ सेवा समाज यूएईका अध्यक्ष हिमाल गुरुङले बताए ।
    भिजिट भिसामा यूएई गएको र कम्पनीमा आवद्ध भइनसकेकाले तामाङको शव नेपाल ल्याउनका लागि नेपाली दुताबासले पनि अपेक्षित सहयोग नगरेको यूएईमा रहेका नेपालीको गुनासो छ । रोजगारीका सिलसिलामा यूएई पुगेको केही समयपछि उनको मृत्यु भएको हो । उडान नहुँदा यूएईमा नेपालीको दर्जनौं शव रोकिएको जनाइएको छ ।

    सम्बन्धित समाचार