Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जताततै काम चलाउ क्वारेन्टाइन

    जताततै काम चलाउ क्वारेन्टाइन


    • सोमवार, जेठ १२ २०७७

    • नेपाल वाइड


    कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङका १० स्थानीय तहमा ६ सयभन्दा बढि बेडको क्वारेन्टाइन बनाइएको छ । तर, त्यी क्वारेन्टाइन मापदण्ड अनुशार बनाइएका छैनन् । ‘काम चलाउक’ क्वारेन्टाइन कोठामा सुत्नका लागि बनाइएका ओछ्यानजस्ता देखिन्छन् । कतिपय विद्यालय वा स्वास्थ्यचौकीको सिमेन्टेड भवनको कोठामा आफुखुी बनाइएका क्वारेन्टाइन चिसो हुने गरेको क्वारेन्टाइनमा बस्ने स्थानीयको गुनासो छ । एउटा हलमा लहरै बेड बनाएर राखिएको क्वारेन्टाइनमा कुनै एक जनालाई संक्रमण भएको अवस्थामा अन्यलाई संक्रमण सर्ने जोखिम छ । ‘क्वारेन्टाइन छ’ भन्ने देखाउनका लागि बेञ्च जोडेर त्यसमाथि फम ओछ्याएर बनाइएका बेडमा सुत्न र बस्न उत्तिकै असहज हुने गरेको उनीहरु बताउँछन् ।
    कतिपय ठाउँमा पानी, वाथरुम, शौचालयको सहज व्यवस्था नहुँदा क्वारेन्टाइनमा बस्ने सर्वसाधारणलाई थप पीडा हुने गरेको छ । कतिपय क्वारेन्टाइनमा सम्वन्धित स्थानीय तह वा वडाले खाना, खाजा, चियाको व्यवस्था गरिदिएको भए पनि कुनै क्वारेन्टाइनमा आफैले खाजा, नास्ताको व्यवस्था गर्नुपरेको क्वारेन्टाइनमा बसिरहेका सर्वसाधारणको भनाई छ । श्रोत र साधनको अभावमा जिल्लामा आ–आफ्नै तरिकाले क्वारेन्टाइन बनाइएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए ।

    सम्बन्धित समाचार