Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेल–गाईघाट सिधा यातायात बन्द .........

    सुनकोसीको अस्थायी बेलिब्रिज हटाउन सुरु

    सुनकोसीको अस्थायी बेलिब्रिज हटाउन सुरु


    • आइतवार, जेठ ११ २०७७

    • नेपाल वाइड


    सुनकोसीको अस्थायी बेलिब्रिज हटाउन सुरु

    खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाउन सुरु गरिएको छ । दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा जडान गरिएको बेलिब्रिज हटाउन सुरु गरिएको हो । गत मंसिर २७ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज मंगलबारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना उदयपुरका सूचना अधिकारी ईन्जिनियर मनोजकुमार मण्डलले बताए ।
    खोटाङ र पुर्वी शहरलाई जोड्ने छोटो दुरीको सडक खण्डमा पर्ने बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा विगत चार÷पाँच वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । वर्षा याम सुरु भएसँगै फोक्सिङटारको बेलिब्रिज निकाल्नका लागि गाईघाट दिक्तेल सडक योजनाले पत्रमार्फत जानकारी गराएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । बेलिब्रिजको सामान खोलेर निकाल्न तीन÷चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ ।
    १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो मार्ग कम्तीमा ६ महिनाका लागि बन्द भएको छ । फोक्सिङटारको बेलिब्रिज निकालेपछि पुर्वी शहर जान–आउनकालागि एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने वाध्यता सुरु भएको छ ।
    फोक्सिङटारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । म्याद गुज्रेको वर्षौँ बित्दा पक्की पुलको पिलर ठड्याउने काम मात्र भइरहेको छ । फोक्सिङटारमा पक्की पुल निर्माण भए बा¥हैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो मार्ग खुल्ने छ ।

    सम्बन्धित समाचार