Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    आन्द्रामा इन्फेक्सन भएपछि उपचारमा लगिएका तास्मिन राई ।  

    आन्द्रामा प्वाल पर्दा सिकिस्त भएका तास्मिनको सहयोगमा अभियान

    आन्द्रामा प्वाल पर्दा सिकिस्त भएका तास्मिनको सहयोगमा अभियान


    • आइतवार, जेठ ११ २०७७

    • नेपाल वाइड


    आन्द्रामा प्वाल पर्दा सिकिस्त भएका तास्मिनको सहयोगमा अभियान

    आन्द्रामा इन्फेक्सन भएपछि सिकिस्त बिरामी भएका खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ (छुप्लुङ)का २४ वर्षीय तास्मिन राईको बचाउका लागि सहयोग अभियान चलाइएको छ । स्वास्थ्यमा समस्या आएपछि डेढ महिनादेखि थलिएका राईको जीवन बचाउका लागि आफन्त तथा शुभेच्छुकले सहयोग अभियान चलाएका हुन् । आन्द्रामा प्वाल परेको ठाउँमा इन्फेक्सन भएका राईको हाल विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । लकडाउनकैबीचमा अस्पतालमा आइसियूमा राखेर उपचार गराइरहेका तास्मिनको शरीरले गत शुक्रबारदेखि रगत समेत लिन नसकेको स्थानीय अगुवा जगत किरातीले बताए । शुक्रबार बेलुका शल्यक्रीया गरिएका राईको हालसम्म होस खुल्न सकेको छैन ।
    तास्मिनको उपचारकाक्रममा आर्थिक समस्या भएपछि आफन्त तथा शुभेच्छुकले ‘तास्मिन उपचार सहयोग’ अभियान चलाएका हुन् । विभिन्न अस्पताल चाहार्नेक्रममा राई परिवारको हालसम्म ९ लाखभन्दा बढि खर्च भइसकेको छ । गाउँमा जगत किराती, मलेसियामा किशोर पुमा राई, कोरियामा दिपक राई, हाङकङमा भुपजित राई र धरानमा किरात पुमा राई तुप्खालाबांखाला सुनसरीका केदार पुमा राईले तास्मिनको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिरहेका छन् । हालसम्म साँढे ४ लाखको हाराहारीमा सहयोग रकम संकलन गरिएको अभियान्ता किरातीले बताए ।
    सुरुमा जन्तेढुंगा गाउँपालिकाकै प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, उदयपुरको गाईघाट हुँदै बिराट नर्सिङ होम बिराटनगर लगिएका राईलाई धरान पु¥याएपछि मात्र आन्द्रामा पुरानो प्वाल देखिएको र सो प्वालमा इन्फेक्सन भएको पत्ता लागेको हो । बिराट नर्सिङ होममा १८ दिन राखिएका राईको मिर्गौला र फोक्सोमा समस्या देखिएको भन्दै शल्यक्रीया गरेर फोक्सो र मिर्गौलामा जमेको पानी निकालिएको आफन्तले बताए छन् । उपचार गर्दा पनि निको नभएपछि उनलाई नर्सिङ होमले धरान रेफर गरेको थियो । धरान पु¥याएपछि पहिला लड्दा आन्द्रामा प्वाल परेको र सोही ठाउँमा इन्फेक्सन भएकाले समस्या निम्तिएको पत्ता लागेको थियो । सिकिस्त अवस्थामा पुगेका राईको श्रीमती र सात महिनाकी छोरी छन् । ‘हालसम्मको बिरामीको उपचारमा साँढे नौ लाखभन्दा बढि खर्च भइसकेको छ,’ किरातीले भने, ‘बिरामीको सहयोगार्थ रकम संकलन भइरहेको छ तर लकडाउनले अभियान चलाउन गा¥हो भइरहेको छ ।’

    सम्बन्धित समाचार